बुबाले चलाएको गाडीको ठक्करबाट छोरीको मृत्यु

चैत्र १३, २०८१

ज्योती श्रेष्ठ

Daughter dies after being hit by a car driven by her father

काभ्रे — काभ्रेको बनेपा नगरपालिका-४ स्थित त्रिवेणीचोकमा बुधबार बुबाले चलाएको गाडीको ठक्करबाट छोरीको मृत्यु भएको छ । 

त्रिवेणीचोकमा रहेको शुभकामना सप्लायर्स (गिट्टी, बालुवा) डिपोभित्र बा ४ ख ८५९२ नम्बरको मिनी ट्रक ब्याक गर्ने क्रममा सोही गाडी चालक सिन्धुली गोलान्जोर गाउँपालिका १ घर भई हाल बनेपा-४ बस्ने ३० वर्षीय सरोज बरालकी छोरी अन्दाजी ४ वर्षीय समीक्षा बरालको मृत्यु भएको हो । 

गाडीको ठक्करबाट घाइते भएकी समीक्षालाई उपचारका लागि धुलिखेल अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully