तामाकोसीमा पौडी खेल्ने क्रममा एसईई परीक्षार्थीको डुबेर मृत्यु             

चैत्र ७, २०८१

केदार शिवाकोटी

SEE student drowned while swimming in Tamakoshi

दोलखा — तामाकोसी नदीमा पौडी खेल्न गएका एक जना किशोरको डुबेर मृत्यु भएको छ । विगु गाउँपालिका-२ ओराङका १७ वर्षीय प्रविण तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता प्रहरी निरीक्षक दाताराम अधिकारीले बताए । 

ओराङको देउलाङग्श्वरी माध्यमिक विद्यालयबाट एसईई परीक्षा दिन विगु-१ जगतको गौरीशंकर माध्यमिक विद्यालयमा आएका उनी बिहीबार पहिलो दिनको अनिवार्य अंग्रेजीको परीक्षा दिएर साथीहरूसँग नुहाउन भन्दै नदीमा गएका थिए । पौडी खेल्ने क्रममा तामाकोसीमा डुबेपछि उद्धारका लागि उनका साथी सोनाम तामाङले प्रहरीलाई खबर गरेका थिए । मृतक तामाङ एसईई परीक्षा दिन जगतमा कोठा भाडामा लिएर बस्दै आएका थिए ।

केदार शिवाकोटी

Link copied successfully