मकवानपुर — स्वतन्त्र विधार्थी युनियन ( स्ववियु) निर्वाचन अन्तर्गत हेटौंडाको वन विज्ञान क्याम्पसमा नेविसंघको तर्फबाट श्यामराज भट्ट निर्वाचित भएका छन् ।
नेविसंघ र अनेरास्ववियुको प्यानलबाट भट्ट २४६ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी अनेरास्ववियु (क्रान्तिकारी)का छत्र शाहीले ११८ मत ल्याए ।
सचिवमा अनेरास्ववियुका सुगम भुषाल क्षेत्री २६७ मत सहित विजयी बन्दा उनका प्रतिस्पर्धी रमेशसिंह बोहराले १०१ मत प्राप्त गरे ।
कोषाध्यक्षमा नेविसंघकि पूर्णिमा पन्त १६७ मत सहित विजयी हुँदा उनकी प्रतिस्पर्धी क्रान्तिकारीकि निरुता श्रेष्ठले १०२ मत ल्याइन् ।सदस्यतर्फ पनि गठवन्धनकै युनिशा धामी, विनय तिमल्सिना, रोहन केसी, जष्टिना श्रेष्ठ र किरणकुमार रावल विजयी भए ।
३७२ जना मतदान प्रक्रियामा सहभागी भएका थिए ।
