मकवानपुर क्याम्पसमा प्रसिद्ध रेग्मीको प्यानल विजयी

चैत्र ६, २०८१

प्रताप विष्ट

Famous regmi's panel wins at Makwanpur campus

हेटौंडा — स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका प्रसिद्ध रेग्मी निर्वाचित भएका छन् ।

बुधबार बिहान सम्पन्न मतगणनाअनुसार ७०६ मतसहित रेग्मी अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका छोइसाङ लामाले ५०७ मत प्राप्त गरेका थिए । 

लामा २०७९ सालमा सम्पन्न निर्वाचनमा अध्यक्ष निर्वाचित भएका थिए । रेग्मी लामा नेतृत्वको स्ववियु कै सदस्य थिए ।

स्ववियु निर्वाचनमा अन्य पदाधिकारी र सदस्य पनि रेग्मी प्यानलकै विजयी भएका छन् । सचिवमा रेग्मी प्यानलकै नेविसंघका उत्सव ढुंगाना ७११ मतसहित विजयी हुँदा अखिल क्रान्तिकारीका दिपेश कार्की ५४४ मतसहित पराजित भए। 

कोषाध्यक्षमा अनेरास्ववियुका निर्दोष लुइटेल ७०४ मतसहित निर्वाचित भए ।  

सदस्यमा अनेरास्ववियुका मनोज घलान (७८९ मत), दिवस चौलागाई (७३४ मत), उमेश चौधरी (७२५ मत) र साजिर अन्सारी (६७३ मत) तथा नेविसंघका कृषन थिङ (६३८ मत), मन्दिप थापा (६३३ मत), अतित अधिकारी (६२० मत) र विवश अर्याल (६१६ मत) निर्वाचित भए ।

मकवानपुर बहुमुखी क्याम्पसमा दुई हजार ६ सय ९८ मतदातामध्ये एक हजार दुई सय ८१ मत खसेको थियो ।

प्रताप विष्ट

Link copied successfully