गाँजासहित दुई जना पक्राउ

चैत्र ४, २०८१

सुवास विडारी

Two arrested with marijuana

मकवानपुर — मकवानपुरको मनहरी गाउँपालिका-५ डिल्लीपुरका २ जना गाँजासहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा डिल्लीपुरका ३० वर्षका अनिल तामाङ र २४ वर्षका अशोक बल रहेका छन् । प्रहरीले उनीहरूलाई १० किलो ७ सय ग्राम गाँजासहित पक्रेको हो  ।

इलाका प्रहरी कार्यालय नेवारपानीले पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-१९ नेवारपानीमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ७ ख ४५७३ नम्बरको बसलाई चेकिङका क्रममा तामाङ र बललाई पक्रेको हो ।

शंकाको आधारमा खानतलासी गर्दा उनीहरुले बोकेको झोलाभित्र १० किलो ७ सय ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully