खैरो हेरोइनसहित ४ जना पक्राउ

फाल्गुन २५, २०८१

प्रताप विष्ट

4 arrested with brown heroin

हेटौंडा — मकवानपुर प्रहरीले दुई स्थानबाट खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका–१० आनन्द टोलमा कोठा भाडामा लिई बसेकी २२ वर्षिया विविका लामा, १७ वर्षी किशोर र १५ वर्षीया किशोरीलाई २ ग्राम ६४० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको हो । 

हेटौंडा-१० बसपार्कबाट तीनै जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेकाहरुको थप अनुसन्धान गर्न प्रहरीले मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद लिएको छ । 

यसैगरी प्रहरीले २७० मिलिग्राम खैरो हेरोइनसहित हेटौंडा-१४ का १९ वर्षीय रोजल ढुंगानालाई पक्राउ गरेको छ । भीष्ममार्गस्थित सडकमा बा.प्र. ३–०२–०२६ प ६२७२ नं. को मोटरसाइकललाई रोकेर जाँच गर्दा चालक ढुंगानाको साथबाट २ पुरियामा लुकाएर राखेको खैरो हेरोइन बरामद गरेको हो ।

प्रताप विष्ट

Link copied successfully