कान्तिपुरकर्मी तिवारी सम्मानित

फाल्गुन २२, २०८१

कान्तिपुर संवाददाता

Kantipurkarmi Tiwari honored

सिन्धुपाल्चोक — कान्तिपुर दैनिकका सिन्धुपाल्चोकका संवाददाता अनिश तिवारी सम्मानित भएका छन् । बिहीबार बाह्रबिसे नगरपालिका-७ ज्यामलिङस्थित बालकल्याण आधारभूत विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा शेर्पा ब्रदर्श ग्रुपका प्रतिनिधिले कान्तिपुरकर्मी तिवारीलाई सम्मानपत्रसँगै दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

कान्तिपुरकर्मी तिवारी विभिन्न सहयोग, सचेतना अभियान र साहित्यिक संस्थामा सक्रिय छन् ।

सोही अवसरमा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएको भन्दै बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतलाई पनि सम्मान गरिएको थियो । शेर्पा ब्रदर्श ग्रुपका निमाराज शेर्पाकाअनुसार दुवैले आफ्नो क्षेत्रबाट ग्रुपलाई साथ दिएर सामाजिक र शिक्षामा योगदान दिएकाले सम्मान गरिएको हो । यहाँका बालबालिकालाई २ लाख ५ हजार ९ सय रुपैयाँ बराबरको शैक्षिक र विद्यालयका सामग्री सहयोग गरिएको उनले बताए । 

कान्तिपुर संवाददाता

Link copied successfully