मकवानपुरको मनहरीमा नवजात शिशुको शव फेला

फाल्गुन २१, २०८१

प्रताप विष्ट

The body of a newborn baby was found in Manhari of Makwanpur

हेटौंडा — मकवानपुरको मनहरीमा सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।

मनहरी गाउँपालिका–७ स्थित डम्पिङसाईटमा सालनालसहित नवजात शिशु (छोरी) को मंगलबार बेलुका शव फेला परेको हो ।

कसले उक्त नवजात शिशु त्यहाँ फालेको हो भन्ने खुलेको छ । यसबारे अनुसन्धान भइरहेको ईप्रका मनहरीका प्रहरी निरीक्षक विशाल सापकोटाले बताए ।

‘एक/दुई दिनअघि जन्माएर फालेको हुनसक्ने अनुमान गरेका छौं,’ उनले भने । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार यो चालु आवको ८ महिनामा तीन नवजात शिशु फालेको घटना प्रहरी कार्यालयमा दर्ता भएको छ । 

१ वटा नवजात शिशु मृत अवस्थामा फेला परेको थियो भने २ वटा जीवित अवस्थामा प्रहरीले उद्धार गरेको थियो । 

प्रताप

Link copied successfully