विस्फोटक पदार्थसहित १ युवक पक्राउ 

फाल्गुन २०, २०८१

प्रताप विष्ट

1 youth arrested with explosives

हेटौंडा — मकवानपुर प्रहरीले विस्फोटक पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ । पूर्व-पश्चिम राजमार्गमा पर्ने हेटौंडा उपमहानगरपालिका-३ बस्तीपुरबाट प्रहरीले विस्फोटक पदार्थसहित हेटौंडा-१९ का ४० वर्षीय अमृत घलानलाई पक्राउ गरेको हो ।

हेटौडा-३स्थित प्रहरी चौकी बसामाडी अगाडि सडकखण्डमा बस्तीपुरबाट हेटौंडातर्फ आउँदै गरेको ना ८ ख. ४२१४ नं. को बसलाई प्रहरीले जाँच गर्ने क्रममा घलानले बोकेको झोला खानतलासी गर्दा विस्फोट पदार्थ फेला परेको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए  ।

घलानले बोकेको झोलाभित्र लुकाइछिपाई गरी ल्याइएको अवस्थामा विभिन्न प्रकारका विस्फोटक पदार्थ बरामद गरेको थियो ।

 यसैगरी कालो टेपले बेरी रातो सेतो रंगको तार जोडेको बिधुतिय डेटोनेटर थान –२० गरी ३३ थान र  तार नजोडेको कालो टेपले बेरी राखेको डेटोनेटर थान –१४ साथै म्भतअयचम जस्तो देखिने रंगको तार ३ फिट ६ ईन्चको –१ थान, ३ फिट ८ ईन्चको थान –१ गरी २ थान  फेला परेको  उक्त विस्फोटक पदार्थसहित घलानलाई नियन्त्रणमा लिएको प्रेहरीले जनाएको छ । 

प्रताप विष्ट

Link copied successfully