घाँस काट्न हिँडेकी महिलाको शव फेला

फाल्गुन १९, २०८१

प्रताप विष्ट

The body of a woman who was walking to cut grass was found

हेटौंडा — घाँस काट्न गएपछि बेपत्ता एक महिलाको शव दुई दिनपछि सोमबार फेला परेको छ ।

राक्सिराङ गाउँपाालिका-६ कोलडाँडाकी ४८ वर्षीया सीतामाया घलानको शव सिलिङ सामुदायिक वनको भीरमुनि भेटिएको हो । गाईबस्तुलाई घाँस काट्न घरबाट निस्केकी घलान दुई दिनसम्म घर नफर्केपछि आफन्त र स्थानीयवासीले खोजतलास गर्ने क्रममा उनको शव फेला पारेको प्रहरीले जनाएको छ । 

सिलिङ सामुदायिक वनको भीरमा घाँस काट्ने क्रममा खसेर घटनास्थलमा नै मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ । उक्त भीर मृतकको घरबाट करिब १ किलोमिटरको दूरीमा पर्छ  ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार जिल्लामा चालु आवको ८ महिनामा भीरबाट लडेर ४ महिलासहित ११ जनाको मृत्यु भइसकेको छ । यही अवधिमा  १३ जना भीरबाट लडेर घाइते भएका छन् ।

प्रताप

Link copied successfully