उच्च अदालत बार हेटौंडाको अध्यक्षमा भट्टराई

फाल्गुन १८, २०८१

प्रताप विष्ट

Bhattarai as President of High Court Bar Hetaunda

हेटौंडा — उच्च अदालत बार एसोसिएसन हेटौंडाको निर्वाचनबाट अधिवक्ता मनप्रसाद भट्टराई अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनबाट भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् ।

कार्यसमितिको उपाध्यक्षमा रामकृष्ण देउला, सचिवमा सुजन तिमल्सिना, सहसचिवमा पम्फा पुरी, कोषाध्यक्ष रीमा प्याकुरेल निर्वाचित भएका छन् । सदस्यहरुमा एक नारायण शर्मा, केशवप्रसाद अर्याल, हरिहर खतिवडा, ध्रुवसिंह विष्ट, दीपेन्द्र बानिया, चुडाप्रसाद उप्रेती, गणेश अधिकारी, निशा क्षेत्री चयन भएका छन् । यसैगरी केन्द्रीय पार्षद्‌मा कृष्णप्रसाद अर्याल, केशवप्रसाद गौतम, शिवप्रसाद बन्जरा र श्रीराम दहाल छनोट भएका छन् । 

प्रताप

Link copied successfully