मकवानपुरमा गैंडाको आक्रमणबाट एक घाइते

फाल्गुन १७, २०८१

रासस

One injured in a rhino attack in Makwanpur

हेटौंडा — मकवानपुरको मनहरी गाउँपालिका–६ खयरघारी मरुङगेमा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन् ।

शनिबार दिउँसो घाँस काट्ने क्रममा सोही स्थानका ३५ वर्षीय रामदिनेश कुशवाह गैंडाको आक्रमणबाट घाइते भएको प्रहरीले जनाएको छ । 

स्थानीय मरुङगे तालस्थित ब्रह्मदेवी लामिदमार मध्यवर्ती सामुदायिक (खण्ड ग) वनमा घाँस काट्ने क्रममा आक्रमणबाट कुशवाह घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । उपचारका लागि उनलाई भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

रासस

Link copied successfully