चट्याङ लागेर ३ जना घाइते

फाल्गुन १७, २०८१

सुवास विडारी

3 injured by lightning

मकवानपुर — चट्याङ लागेर मकवानपुरमा तीन जना घाइते भएका छन् । शनिबार दिउँसो मनहरी गाउँपालिका-६, रुपाचुरीस्थित मंगल मुक्तानको घरबाहिर बसिरहेको अवस्थामा हावाहुरीसहित  पानी र चट्याङ पर्दा उनीहरू घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ३८ वर्षका मंगल मुक्तान मुखबाट रगत बगिरहेको अवस्थामा उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल लगिएको छ । 

उनको छोरा १८ वर्षका कल्सान र स्थानीय २७ वर्षकी  कालिमान बल पनि  घाइते भएको प्रहरीले जनाएको छ ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully