बागमतीमा एक युवकको शव फेला

फाल्गुन १६, २०८१

प्रताप बिष्ट

A dead body of a young man was found in Bagmati

हेटौंडा — दुई दिनअघि घरबाट निस्केका एक युवकको शव बागमती नदीको बीचमा फेला परेको छ । ईन्द्रसरोवर गाउँपालिका-३ का ३५ वर्षीय श्याम ङ्यासुरको शव बागमतीको बीचमा ढुंगामा अल्झेर रहेको अवस्थामा शुक्रबार बिहान फेला परेको हो ।

ङ्यासुर घरबाट बुधबार निस्केका थिए । घर नफर्केपछि आफन्त र स्थानीयावासीले खोजतलास गरेका थिए । 

प्रताप बिष्ट

Link copied successfully