बनेपाको होटलमा महिला मृत फेला

फाल्गुन १५, २०८१

ज्योती श्रेष्ठ

Woman found dead in Banepa hotel

काभ्रे — काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा रहेको होटल भ्यू पहुना घरमा एक जना महिला मृत फेला परेकी छन् । 

बिहीबार साँझ ५:३० बजेको समयमा उक्त होटलमा महिला मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । उनका अनुसार, प्रारम्भिक अनुसन्धानबाट मृत महिला बनेपा-६ बस्ने २३ वर्षीया शर्मिला श्रेष्ठ हुन् । 

घटनाको विषयमा प्रहरीले अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully