हेटौंडा — हेटौंडामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
हेटौंडा उपमहानगरपालिका–६ सल्लाघारी नजिकै भित्री सडकखण्डमा रामनगरबाट हात्तिलेटतर्फ आउँदै गरेको ना ५४ प १८७६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका हेटौंडा– ६ रामनगर बस्ने ६१ वर्षीय कमल बहादुर बोहोरालाई ठक्कर दिइ घाइते बनाएकोमा उपचारका क्रममा भरतपुरमा विहीवार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।
ठक्कर दिने चालक र मोटरसाइकल फरार रहेको प्रहरीले जनाएको छ ।
