काभ्रे — निर्माणाधीन भवनको पिलर ढलेर लाग्दा काभ्रेमा एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो ३ बजेतिर नमोबुद्ध नगरपालिका-१, कानाकोटस्थित वृदा आश्रमको भवन बनाउने क्रममा माथिबाट सुक्खा पहिरो खस्दा दोस्रो तलाको पिलर ढली रडले टाउकोमा लागेर पर्साको सखुवा प्रसौनी गाउँपालिका-३ का ३८ वर्षीय दुर्जन माझीको मृत्यु भएको हो ।
उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन् ।
प्रहरीले घटनास्थल सुरक्षित राखिएको र घटनास्थलको मुचुल्काको लागि इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको टोलीले अनुसन्धान गरिरहेको उनले बताइन् ।
