दोलखा — पर्यटकीय रोल्वालिङ क्षेत्रको बेदिङ र नामा फागुन लागेपछि हिमपात भएको छ ।
हिमपातकै कारण पर्यटकीय सिजन सुरु हुनै लाग्दा बन्द भएका होटल खोल्न व्यवसायीमा अन्योल छाएको छ । सातादिनमा दुई पटक बाक्लो हिमपातले बेदिङ र ना छोपिएका छन् । मध्य मंसिरमा होटल बन्द गरेर नामा र बेदिङका स्थानीय तल झर्ने गर्छन् ।
केही स्थानीय होटल कुर्नका लागि बेदिङमा बस्ने गरेको स्थानीय दावाछिरिङ शेर्पाले बताए ।‘यो वर्ष फागुन लागेपछि हिमपात भयो,’ उनले भने, ‘विगतमा मध्य मंसिरबाट हिमपात हुन्थ्यो, होटल बन्द गरेर तल झर्ने गरेका थियौं ।’ शनिबार र आइतबार बेदिङमा हिमपात भएको उनले बताए ।
![Snowfall in Beding and Nama of Rolwalling [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/himpat-rolwaling-3-2422025071529-1000x0.jpg&w=1001&h=0)