मकवानपुरमा लागू औषधसहित युवक पक्राउ

फाल्गुन १२, २०८१

प्रताप विष्ट

A youth was arrested with drugs in Makwanpur

हेटौंडा — मकवानपुर प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चकेपोस्टका प्रहरीले लागूऔषधसहित मकवानपुर वकैया गाउँपालिका–४ छतिवनका २४ वर्षीय नवीन सुनारलाई पक्राउ गरेको हो ।

वीरगन्जवाट चितवनतर्फ गइरहेको ना ७ ख ११६ नम्बरको यात्रुबाहक बसलाई प्रहरीले रातोमाटे चेकपोस्टमा रोकेर खानतलासी गर्दा सुनारको साथबाट डाइजेपाम २८ एम्पुल, फेनार्गन ५९ एम्पुल र नुफिन १३ एम्पुल गरी १०० एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए । 

प्रताप

Link copied successfully