लागूऔषधसहित २ जना पक्राउ

फाल्गुन ११, २०८१

प्रताप विष्ट

2 arrested with drugs

हेटौंडा — मकवानपुर प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका—१५ रातोमाटे चेकपोष्टका प्रहरीले १ हजार १८९ ट्याब्लेट नाईट्राभेटसहित भक्तपुर चागुनारायण नगरपालिका—८ का २६  वर्षीय प्रेमप्रसाद दाहाल र २२ वर्षीया निकिता पुडासैनीलाई पक्राउ गरेको हो ।

वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६४ प ३१७६ नं. को स्कुटरलाई रातोमाटे चेकपोष्टका प्रहरीले खानतलासी गर्ने क्रममा स्कुटर चालक दाहाल र सोही स्कुटरमा सवार पुडासैनीको साथबाट नाईट्राभेट बरामद गरिएको थियो । 

लागूऔषध बरामद गरी प्रहरीले दाहाल र पुडासैनीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद थपको अनुमति लिएको छ ।

प्रताप विष्ट

Link copied successfully