लागूऔषधसहित एक युवक पक्राउ

फाल्गुन ५, २०८१

कान्तिपुर संवाददाता

A young man was arrested with drugs

हेटौंडा — मकवानपुर प्रहरीले लागूऔषधसहित एक किशोरलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय नेवारपानीले हेटौडा उपमहानगरपालिका-१९ स्थित सालकपार्कबाट हेटौंडा उपमहानगरपालिका-११ का १९ वर्षीय दिपु नेपालीलाई ओरेक्स १०० एमलको ५बोतल र नोइट्रोजेपाम ३० ट्याब्लेटसहित पक्राउ गरेको हो । 

शंका लागेर नेपालीको झोला खानतलासी गर्दा लागूऔषध फेला पारेको प्रहरी नायब उपरट्ठक्षक एव प्रवक्ता श्यामु अर्यालले बताए  । प्रहरीले नेपालीलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ७ दिनको म्याद थप अनुमति लिएको छ ।  

कान्तिपुर

Link copied successfully