टिपर दुर्घटनामा चालकको मृत्यु 

माघ २३, २०८१

सुवास विडारी

Driver dies in tipper accident

मकवानपुर — मकवानपुरगढी टिपर दुर्घटना भएको छ। बुधबार दिउँसो मकवानपुरगढी ७ सुकौरामा ढुङ्गा बोकेर आउँदै गरेको टिपर बा २ क ६६६४ नम्बरकाे टिपर सुकौराको खोटारखानीनजिकै पल्टिएको हो ।

दुर्घटनामा टिपर चालक देवेद्र लुङ्वाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । लोड बोकेको टिपरमा ब्रेक फेल हुँदा दुर्घटना भएको अनुमान गरिएको छ।

घटना थप अनुसन्धना भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मकवानपुरगढीको प्रहरी टोली घटनास्थल पुगेको छ।

सुवास विडारी विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully