काभ्रे — बनेपामा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बुधबार बिहान २ बजेको समयमा काभ्रेको बनेपा नगरपालिका वडा नम्बर–१० स्थित पुलबजारमा बा ५ ख ३२४६नम्बरको टिपरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीलाई उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा पठाइएको थियो । उपचारको क्रममा उनको बिहान २ः४० बजे अस्पतालका चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।
पैदलयात्रीको पहिचान खुल्न नसकेको उनले जानकारी दिए । टिपर र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
