अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ

माघ ९, २०८१

प्रताप विष्ट

One person was arrested with an illegally loaded gun

हेटौंडा — मकवानपुर प्रहरीले अवैध भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका–९ स्थित हरियाली सामुदायिक वनबाट राक्सिराङ गाउँपालिका– १ गडुवानका ५२ वर्षीय जितबहादुर थिङलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो । 

भरुवा बन्दुक काँधमा बोकेर हिँडिरहेको अवस्थामा प्रहरीले फेला  पोर बन्दुकसहित थिङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए ।

थिङलाई नियन्त्रणमा लिएर प्रहरीले हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा मुद्दा चलाएको छ ।

प्रताप

Link copied successfully