राजस्व कार्यालयद्वारा बक्यौता असुलीमा कडाइ

माघ ७, २०८१

रासस

Strictness in recovery of dues by revenue office

बागमती — आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनाको अवधिमा तीन अर्ब १९ करोड छ लाख राजस्व संकलन गरेको छ । यो लक्ष्यको ८० दशमलव २९ प्रतिशत संकलन भएको हो । 

कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार चालु आव २०८१/८२ को छ महिनाको अवधिमा तीन अर्ब ९७ करोड ३७ लाख ७२ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा तीन अर्ब १९ करोड छ लाख २२ हजार राजस्व संकलन भएको छ ।

यही साउनदेखि पुस महिनासम्मको अवधिमा अन्तशुल्क तर्फ एक अर्ब ८३ कारेड ९३ लाख १८, आयकरतर्फ ५६ करोड ८१ लाख १५ हजार, मूल्य अभिवृद्धि करतर्फ ४२ करोड ५९ लाख ८३ हजार, स्वास्थ्य जोखिम करतर्फ ३० करोड ३५ लाख ७५ हजार, ब्याजकर तर्फ चार करोड ४३ लाख ८८ हजार र बहालकर तर्फ ९२ लाख ४२ हजार राजस्व संकलन भएको प्रमुख सुवेदीले बताए । 

यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सो अवधिको तुलनामा २८ करोड भन्दा बढी राजस्व संकलन भएको हो । अघिल्लो आव २०८०/८१ को सो अवधिमा चार अर्ब १४ करोड ३० लाख ९५ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको ७० दशमलव ७५ प्रतिशत अर्थात दुई अर्ब ९३ करोड १३ लाख ६३ हजार राजस्व संकलन भएको थियो । 

प्रमुख सुवेदीका अनुसार चालु आव २०८१/८२ मा आठ अर्ब ४४ करोड राजस्व संकलन गर्ने वार्षिक लक्ष्य छ । सो कार्यालयमा आयकरतर्फ ३३ हजार पाँच सय ९६, मूल्यअभिवृद्धि तर्फ पाँच हजार आठ सय ४९, अन्तशुल्कतर्फ एक हजार पाँच सय ९८, विथहोल्ड तर्फ सात सय ११ र व्यक्तिगततर्फका ८१ हजार आठ सय १२ करदाता रहेका छन् । 

रासस

Link copied successfully