बलात्कारको आरोपमा युवक पक्राउ

माघ १, २०८१

प्रताप विष्ट

A young man was arrested on the charge of rape

हेटौंडा — सुस्त मनस्थितिकी किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय हेटौंडाले एक युवकलाई पक्राउ गरेको छ । 

हेटौंडा उपमहानगरपालिका—१४ की १८ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा स्थानीय आशिष मगरलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । घरमै बसिरहेकी किशोरीलाई बलात्कार गरेर मगर फरार भएका थिए । 

आरोपीलाई प्रहरीले अदालतबाट ७ दिनको म्याद थप गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रताप

Link copied successfully