मकवानपुर — मकवानपुरको मनहरी गाउँपालिकामा स्कुल बसको ठक्करबाट गम्भीर घाइते भएकी दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।
आइतबार दिउँसो ४ बजे मनहरी-६, नयाँबस्तीस्थित भित्री सडकखण्डमा मनहरी बजारबाट नयाँबस्तीतर्फ जाँदै गरेको मनहरी बिलिभर्स इङ्लिस बोर्डिङ स्कुलको ना. १ क ९२५० नम्बरको बसले ठक्कर दिँदा स्थानीय खड्कबहादुर थिङकी दुई वर्षीया छोरी पूजा थिङको ज्यान गएको हो ।
प्रहरीका अनुसार शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएकी पूजाको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।
बस र चालक मनहरी-७, बिजौनाका चन्द्रबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
