श्रष्टा एवं गायक लामालाई ५० हजार नगदसहित सम्मान

पुस २७, २०८१

प्रताप विष्ट

Honored with 50,000 cash to Shrastha and singer Lama

हेटौंडा — गायक तथा श्रष्टा सोमबहादुर लामालाई वासुदेव रिजाल स्मृति प्रतिष्ठान हेटौंडाले सम्मान गरेको छ । शनिबार एक समारोहका बीच उनलाई ५० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।

हेटौंडा नगर पञ्चायतका प्रथम प्रधानपञ्च स्व. वासुदेव रिजालको स्मृतिमा प्रतिष्ठानले संग्रह गरेको  वासुदेव रिजाल स्मृति ग्रन्थको लोकार्पण कार्यक्रमको प्रमुख अतिथि एवं हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले गायक लामालाई सम्मान गरेकी हुन् । 

 ‘आलु र तामा हजुर छेपारोलाई जामा, आहै भ्यागुतालाई स्टकोट...’ ५० वर्षदेखि रेडियो नेपालमा घन्किरहने यस पुरानो गीतका श्रष्टा तथा गायक लामा पक्षघातका कारण अहिले हिंडडुल गर्न सक्दैनन् । कोठामा घिस्रेर यताउति गर्छन् तर उठेर हिंड्न सक्दैनन् ।

प्रताप विष्ट

Link copied successfully