बीपी राजमार्ग फास्ट ट्र्याकबाट पुनर्निर्माण गर्न माग

पुस २७, २०८१

राजकुमार कार्कीर्

Demand to rebuild BP highway from fast track

सिन्धुली — बीपी राजमार्ग पुनर्निर्माणको काम फास्ट ट्र्याकबाट सुरु गर्न कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले माग गरेका छन् । तत्काल काम नथाले वर्षायाममा यातायात चलाउन नसकिने हुँदा प्राविधिक रिपोर्टबमोजिम ठेक्का लगाएर तत्काल काम थाल्नुपर्ने प्रमुख सचेतक घिमिरेको भनाइ छ ।

बीपी राजमार्ग भएर सिन्धुलीमाडी आइपुगेका घिमिरेले शनिबार संचारकर्मीहरुसँग कुरा गर्दै संघीय राजधानीलाई पूर्वी नेपालसँग जोड्ने लाइफलाइन बीपी राजमार्ग भएकाले तत्काल काम सुरु गरिनुपर्नेमा जोड दिए । ।

उक्त राजमार्गअन्तर्गत सिन्धुलीको नेपालथोकदेखि काभ्रेको चौकीडाँडासम्मको १२ किलोमिटर सडक गत असोजमा रोशीमा आएको बाढीले क्षतविक्षत बनाएको छ । जसमध्ये ८ किलोमिटर सडक पूरै नयाँ निर्माण गर्नुपर्ने भएको छ । 

राजमार्ग सञ्चालन हुन नसक्दा पूर्वी पहाडलाई जोड्ने मध्यपहाडी लोकमार्गमा समेत असर पर्छ । सरकारको पहिलो प्राथमिकतामा बीपी राजमार्ग निर्माण पर्नु पर्नेमा सचेतक घिमिरेले जोड दिए । 'यतिखेर रोशी खोलामा पानीको बहाव कम भएकाले किनारबाट अस्थायी सडक संचालन छ । जेठ महिनादेखि नै बाढी आउन सुरु हुने भएकाले त्यस अगावै सडक निर्माण हुनुपर्छ,' उनले भने । 

बीपी राजमार्ग निर्माणका लागि प्राविधिक स्टमेटबमोजिम ठेक्का लगाएर हालका लागि ५० करोड विनियोजन गरी काम तत्काल थालनी गर्न सिन्धुली क्षेत्र नं २ का संघीय सांसद लेखनाथ दाहालले सरकारलाई सुझाएका छन् । राजमार्ग निर्माणमा विलम्ब गरिए स्थानीयस्तरमै आन्दोलन सुरु हुने उनले चेतावनी दिए । दैनिक १० औं हजार सवारी साधन ओहोरदोहोर गर्ने राजमार्ग निर्माणलाई प्राथमिकतामा नराखे राजमार्ग जाम गरेर विरोध सुरु गर्ने सांसद दाहालको भनाइ छ । 

Demand to rebuild BP highway from fast track

राजकुमार

Link copied successfully