गाँजासहित मोक्तान पक्राउ

पुस २६, २०८१

प्रताप विष्ट

Moktan arrested with marijuana

हेटौंडा — मकवानपुरको प्रहरीले गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका-१ का ४९ वर्षीय रामलाल मोक्तान छ्न् । 

मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र. ०३–००१ ख २५७२ नं. को यात्रुबाहक बसलाई रोकेर जाँच गर्दा मोक्तानले बोकेको झोलाबाट ८ केजी गाँजा बरामद भएको वसामाडी प्रहरी चौकीबाट खटिएका प्रहरीले बताएको छ । 

मोक्तानमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद थप अनुमति लिइएको छ । 

प्रताप

Link copied successfully