हत्या गरेको अभियोगमा पक्राउ

पुस २६, २०८१

कान्तिपुर संवाददाता

Arrested for murder

धादिङ — खनियाबास गाउँपालिका-१ झार्लाङ बस्ने ४५ वर्षीय राम बहादुर तामाङको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २४ वर्षीय नेशन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

नेशन र सोही ठाउँ बस्ने ४५ वर्षीय खलासे तामाङले लेनदेन विवादको क्रममा पुस १४ गते राति कुटपिट गर्दा गम्भीर घाइते भएका राम बहादुरको जिल्ला अस्पताल धादिङबेशी हुँदै मनमोहन अस्पताल स्वयम्भु काठमाडौंमा थप उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो । हाल फरार खलासेको प्रहरीले खोजी गरिरहेको छ । 

तनहुँ, आफ्नै श्रीमती ३८ वर्षीया पार्बती सुनारको हत्या गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-१ काठेपिपल बस्ने ५२ वर्षीय दिलबहादुर सुनारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । दिल बहादुरले विवादका क्रममा गए राति अचानो प्रहार गर्दा पार्वतीको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कोत्रेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कान्तिपुर

Link copied successfully