रोशीका बाढीपीडित विद्यार्थीलाई नेपाल युवा परिषद्को सहयोग 

पुस २४, २०८१

कान्तिपुर संवाददाता

Support of Nepal Yuva Parishad to the flood affected students of Roshi

काठमाडौँ — नेपाल युवा परिषद्ले काभ्रेको रोशी गाउँपालिकाका बाढीपहिरोपीडित विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । परिषद्ले गत असोजमा गएको बाढीपहिरोबाट पीडित २ सय १५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

बाढीले रोशी गाँउपालिकामा ठूलो भौतिक तथा मानवीय क्षति पुर्‍याएको थियो । बाढीले विभिन्न सामुदायिक विद्यालयमा पनि क्षति पुर्‍याएकाले त्यहाँ अध्ययनरत विद्यार्थीहरूका शैक्षिक गतिविधि प्रभावित हुन नदिने उद्देश्यले नेपाल युवा परिषद र मास्टरपीस एनवाईसीको अगुवाइमा लायन्स क्लब इको फ्रेण्डली, चिनारी नेपाल, रैथाने एग्री प्रडक्टस् नेपाल र लुम्बिनी विश्व शान्ति मञ्चको संयुक्त पहलमा शैक्षिक सामग्री वितरण गरिएको नेपाल युवा परिषद् संस्थाका केन्द्रीय अध्यक्ष सरोज बानियाँले बताए । 

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद भन्तनाले शैक्षिक सामाग्री वितरणका लागि नेपाल युवा परिषद लगायतका संस्थाहरूले उदाहरणीय कार्य गरेको बताए । शैक्षिक सामाग्री वितरण कार्यक्रममा नागरिक समूहका अध्यक्ष निगम हुमागाईंले विद्यार्थीहरूलाई समाजसँग जोडिन र समाजका लागि योगदान पुर्‍याउन सुझाव दिए । 

परिषद्ले एक दशकभन्दा लामो समयदेखि युवा सशक्तिकरण, जलवायु परिवर्तन, युवा उद्यमशीलता लगायतका क्षेत्रका कार्य गर्दै आइरहेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully