लागूऔषधसहित २ जना पक्राउ

पुस २४, २०८१

सुवास विडारी

2 arrested with drugs

मकवानपुर — मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा–१५ स्थित रातोमाटेबाट ५९४ एम्पुल लागूऔषध डाइजेपामसहित बाराको कोल्वी नगरपालिका–१ का २२ वर्षीय सियाराम राम र सोही नगरपालिका-५ का ३३ वर्षीय अमित चौधरीलाई नियन्त्रणमा लिएको हो । 

पूर्व-पश्चिम सडकखण्डमा वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना.७ ख ८४१४ नम्बरको यात्रुवाहक बसमा रहेका उनीहरुलाई प्रहरीले शंका लागेर जाँच गर्दा लागूऔषध बरामद भएको जनाएको छ ।

उनीहरुको साथबाट डाइजेपाम १९८ एम्पुल, फेनार्गन १९८ एम्पुल र नुर्फिन १९८ एम्पुल गरी जम्मा ५९४ एम्पुल लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सुवास विडारी विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully