खैरो हेरोइनसहित युवक पक्राउ

पुस २१, २०८१

प्रताप विष्ट

Young man arrested with brown heroin

हेटौंडा — मकवानपुर प्रहरीले खैरो हेरोइनसहित  एक युवकलाई पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका–१० स्थित आँखा अस्पताल रोडबाट बकैया गाउँपालिका–११ घर भई हाल  हेटौंडा उपहानगरपालिका–१० न्युरेनीमा बस्दै आएका २९ वर्षीय विवेक वाइवालाई ३ ग्राम ९१० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो । 

प्रहरीले शंका लागि उनको शरीर खानतलासी गर्दा खैरो हेरोइन फेला पारेको थियो ।

विवेक वाइवालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट  ७ दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान गरिरहेको प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रताप

Link copied successfully