काठमाडौँ — सहकारी क्षेत्रको अभियानलाई पत्रकारितामार्फत उजागर गरेको भन्दै जिल्ला सहकारी संघ दोलखाले कान्तिपुरकर्मी केदार शिवाकोटीलाई सम्मान गरेको छ ।
संघको १९ औं साधारणसभाको अवसर पारेर शनिबार उनलाई राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डीबी बस्नेतले दोसल्ला, सम्मानपत्र र नगदसहित सम्मानित गरेका हुन् ।
यस्तै संघले सहकारी अभियानका अन्य सहकारीकर्मी र सहकारीलगायतलाई पनि सम्मान गरेको छ । साधारणसभालाई सम्बोधन गर्दै उपाध्यक्ष बस्नेतले हालै सरकारले ल्याएको सहकारीसम्बन्धी अध्यादेशमा त्रुटि रहेको भन्दै सच्याउन पनि माग गरे ।
