दोलखा चेम्बरमा नयाँ नेतृत्व

पुस २०, २०८१

केदार शिवाकोटी

New leadership at Dolakha Chamber

काठमाडौँ — दोलखा चेम्बर कमर्समा नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न छैटौं साधारणसभाले रूद्रजङ बुढाथोकीको नेतृत्वमा १६ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको हो । चेम्बरको वरिष्ठ उपाध्यक्षमा पुरूषोतम ठकुरी निर्वाचित भएका छन् । 

यस्तै प्रथम र द्वितीय उपाध्यक्षमा राजकुमार खड्का र लिलाबहादुर केसी सुवेदी निर्वाचित भएका छन् । महासचिवमा रामकृष्ण श्रेष्ठ र सचिवमा कृष्ण नेपाली सर्वसम्मत चयन भएका छन् ।

कोषाध्यक्षमा भरत बस्नेत चयन भएका छन् । चेम्बर अफ कमर्सले आउँदो वैशाखमा चरिकोटमा रैथाने खाना महोत्सव गर्ने जानकारी गराएको छ ।

केदार शिवाकोटी

Link copied successfully