हेटौंडाबाट गाँजासहित दुई जना पक्राउ 

पुस १८, २०८१

सुवास विडारी

Two arrested with marijuana from Hetaunda

मकवानपुर — हेटौंडाबाट गाँजासहित दुई महिला पक्राउ परेका छन्  । बिहीबार बिहान ६ बजेको समयमा  प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा हेटौंडा उपमहानगरपालिका-४ नम्बर वडास्थित नारायणी मलनजिकै सडकमा हिँडिरहेको अवस्थामा १० किलो २७० ग्राम गाँजासहित उनीहरू पक्राउ परेकी हुन् ।

पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिक- ५, भैराङकी ३० वर्षीय अञ्जली गोले र हेटौंडा ३, बसामाडीकी ५१ वर्षीय ज्ञानुमाया रहेकी छन् ।

प्रहरीले शंका लागेर  खानतलासी गर्दा उनीहरुले बोकेको झोलाभित्र लुकाएर ल्याएको अवस्थामा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । गाँजासहित उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुवास विडारी विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully