चितवनमा गैंडाको आक्रमणबाट मृत्यु

पुस १४, २०८१

रासस

Death due to rhino attack in Chitwan

चितवन — गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१३ की ३२ वर्षीया मेन्दोमाया भण्डारी रहेकी छन् ।  

भण्डारीलाई कुमरोज मध्यवर्ती सामुदायिक वनमा गैंडाले आक्रमण गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आइतबार बिहान ११ बजे घाँस काट्न गएकी भण्डारीको गैँडाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो । 

भण्डारीको शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ । 

रासस

Link copied successfully