खाग तस्करीको आंशकामा गोली प्रहार गरी एक जना पक्राउ 

पुस ११, २०८१

प्रताप विष्ट

One person was arrested after being shot on suspicion of smuggling

हेटौंडा —  हेटौंडा उपमहानगरपालिका-८ कालिका टोलमा गैंडाको खाग तस्कर गरेको शंकामा प्रहरीले एक जनालाई गोली प्रहार गरेर पक्राउ गरेको छ । 

प्रहरीका अनुसार चितवन राष्ट्रिय निकुञ्जबाट आएको नेपाली सेनाको टोलीले गैंडा तस्करीको आशंकामा एकजनालाई पक्राउ गर्ने क्रममा हवाई फायर गरेको हो ।

पक्राउ गरिएका व्यक्तिलाई नेपाली सेनाको टोलीले लिएर गएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।

प्रहरीले यस विषयमा अन्य  जानकारी आइनसकेको जनाएको छ । गोली चलेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । स्थानीयका अनुसार सरकारी नम्बर प्लेटको गाडीका आएका समूहले ३ राउन्ड गोली चलाएको र गोली चलेपछि स्थानीय त्रसित बनेका थिए।

प्रताप विष्ट

Link copied successfully