धादिङ रातोमाटेमा सुख्खा पहिरो, पृथ्वी राजमार्ग अवरूद्ध

पुस ९, २०८१

रमेशकुमार पौडेल

Dry landslides in Dhading Ratomate, Prithvi Highway blocked

चितवन — पृथ्वीराजमार्गको धादिङ बेनिघाट रोराङ गाउँपालिका-३ रातोमाटेमा सुख्खा पहिरो खस्दा मंगलबार साँझ सडक अवरूद्ध भएको छ । साँझ ५ बजेतिर सडकमा पहिरो खसेको हो ।

ननगढुंगा-मुग्लिन सडक योजना पश्चिम खण्डका सुचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रले पहिरो हटाउन उपकरणहरू परिचालन भएको बताए । 

'पहिरोले बाटो रोकिएर गाडीको ठूलै जाम लागेको सूचना छ । हटाउन मेशिन उपकरणहरू गएका छन्,' इन्जिनियर मिश्रले भने । उक्त सडकमा हाल विस्तारको काम भइरहेको छ

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully