दोलखामा जिपको ठक्करबाट एकजनाको मृत्यु

पुस ५, २०८१

केदार शिवाकोटी

One person died after being hit by a jeep in Dolakha

दोलखा — लामोसाँघु-जिरी सडकअन्तर्गत दोलखाको भीमेश्वर नगरपालिका-६ महादेव खोला नजिकै जिपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमेश्वर नगरपालिका-६ चोथाङका ५४ वर्षीय ज्ञानबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । 

शुक्रबार बिहान प्रदेश नं ३-०१-०२४ नम्बरको चरिकोटतर्फ आउँदै गरेको जिपले पैदल हिँडिरहेका तामाङलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । तामाङको चरिकोटको च्छो-रोल्पा जनरल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

केदार

Link copied successfully