मकवानपुर — हेटौंडा उपमहानगरपालिकाले ४ जना बालश्रमिकको उद्धार गरेको छ । हेटौंडाका विभिन्न ठाउँमा अनुगमन गरी बालश्रममा रहेका ४ जना बालकहरूलाई उद्धार गरिएको हो । उनीहरूको नगर बाल अधिकार समितिअन्तर्गतको बालश्रमिक उद्धार तथा पुन:स्थापना उपसमितिद्वारा उद्धार गरिएको हो ।
होटल, खाजा घर, वर्कसपलगायत विभिन्न ११ ठाउँमा अनुगमन गरिएकोमा आर एन्ड आर ट्रेडर्स, न्यु आशिका मेकानिकल वर्कसप, विश्वकर्मा वर्कसप र न्यु विश्वकर्मा मोटर वर्कसपमा बालश्रमिक भेटिएपछि उनीहरूको उद्धार गरिएको हो ।
उद्धार गरिएका बालकहरूलाई सिबिन बाल हेल्पलाइनमा राखी श्रम तथा रोजगार कार्यालयमार्फत जरिवाना गराएर पारिवारिक पुन:स्थापना गराइने बताइएको छ ।
