हेटौंडा — पूर्वपश्चिम लोकमार्ग सडक खण्डको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोष्टका प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ ।
रातोमाटे चेकपोष्टका प्रहरीले पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना ६१ प ७४९२ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा ओनेरेक्स सय एमएलको ५ बोतल लागूऔषधसहित मोटरसाइकल चालक मकवानपुर हेटौंडा-६ का २५ वर्षीय निश्चल विश्वकर्मा र पछाडि सवार बारा जितपुर सिमरा उपमहानगरपालिका-३ का १९ वर्षीय आर्यन अन्सारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
मकवानपुर जिल्ला अदालत हेटौंडाबाट विश्वकर्मा र अन्सारीलाई माथि थप अनुसन्धान गर्न प्रहरीले ५ दिनको म्याद लिएको छ ।
