मण्डनदेउपुरमा महिला मृत फेला

पुस १, २०८१

ज्योती श्रेष्ठ

Woman found dead in Mandandeupur

काभ्रे — काभ्रे जिल्लाको मण्डनदेउपुरमा एक महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् ।

आइतबार साँझ  १८:२० बजेको समयमा  काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-१ स्थित  गैरीगाँउ घिसिङ टोल बस्ने वर्ष ५२ की तिनमाया तामाङ आफ्नै घर भित्र मझेरीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी मीन बहादुर घलेले जानकारी दिए ।

उनका अनुसार घटनाको बारेमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।  मृतकको शववपोष्ट मार्टम पश्चात मृतकका आफन्तले बुझेको उनले जानकारी दिए । 

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully