राप्ती खोलामा एक युवकको शव फेला

मंसिर ३०, २०८१

प्रताप विष्ट

A dead body of a young man was found in Rapti river

हेटौंडा — हेटौंडा उपमहानगरपालिका–१ चौकीटोलस्थित राप्ती खोलामा  एक युवकको शव भेटिएको छ ।   राप्ती खोलामा भेटिएको शव हेटौंडा उपमहानगरपालिका–१  लालझाडीका ३५  वर्षीय राजकुमार ब्लोनको भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । 

राप्ती खोलाको ढुङ्गामा युवकको शव अडिएको अवस्थामा  थियो । स्थानीयवासीले उक्त शव देखेपछि प्रहरीलाई खबर गरेका थिए  । 

प्रताप विष्ट

Link copied successfully