युवकको हत्या गरेको आशंकामा तीन जना पक्राउ

मंसिर २९, २०८१

प्रताप विष्ट

Three people arrested on suspicion of murdering a young man

हेटौंडा — युवकलाई  कुटपिट गरी हत्या गरेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मकवानपुर राक्सिराङ गाउँपालिका-५ इन्चराङस्थित चैनपुरबाट  काकडा जाने भित्री सडकमा बारा अमलेखगन्जका २१ वर्षीय समिर सुनारको शव शुक्रबार फेला परेको थियो ।

उनको टाउकोमा चोट र नाकमुखबाट रगत बगिरहेको अवस्थामा प्रहरीले मृत फेला पारेको थियो । 

सुनारको कुटपिट गरेर हत्या गरेको आशंकामा इलाका प्रहरी कार्यालय मनहरीले तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका तीनै जना मृतक सुनारसँग हिँडने साथी भएको बताएको छ । पक्राउ गरिएका व्यक्तिहरुसँग सोधपुछ गर्ने कार्य भइरहेकाले प्रहरीले नाम सार्वजनिक गरेको छैन ।

प्रताप

Link copied successfully