गाँजासहित दम्पती पक्राउ

मंसिर २५, २०८१

प्रताप विष्ट

Couple arrested with marijuana

हेटौंडा — मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो ३ बजेतिर इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मकवानपुरको मनहरी–७, मनहरी बजारबाट ९ किलो ८५० ग्राम लागूऔषध गाँजासहित एक दम्पतीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलाश गाउँपालिका–४, झ्याकेका ५२ वर्षीय प्रतापसिं मोक्तान र उउनकी पत्नी ५० वर्षीया राममाया मोक्तान छन् । 

मकवानपुर जिल्ला अदालतबाट ८ दिनको म्याद थप अनुमति लिई दुबैजनालाई हिरासतमा राखी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रताप विष्ट

Link copied successfully