ग्यास बोकेको बुलेट त्रिशूलीमा खस्यो

मंसिर २३, २०८१

हरिराम उप्रेती

The gas-laden bullet fell on the trident

गोरखा — पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्ण भिरबाट ग्यास बोकेको बुलेट त्रिशूली नदीमा खसेर दुर्घटना भएको छ । आइतबार बिहान काठमाडौंतर्फ जाँदै गरेको एनएल ०२ एल ३९०७ नम्बरको ग्याँस बोकेको भारतीय नम्बर प्लेटको गाडी त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिए ।

‘अगाडिको भाग भिरमा अड्किएको छ, ग्याँस रहेको बुलेट नदीमा पुगेको छ,’ उनले भने । ग्याँस भरिएको भएकाले प्राविधिकसहितको टोली बोलाएर निकाल्ने प्रयास भइरहेको उनले बताए । गाडीका चालक  पनि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । 

बुलेट दुर्घटनास्थलबाट नदीले बगाएर करिब एक सय मिटर तल पुर्‍याएको पनि प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलिनसकेको र घटनाको अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully