हेटौंडा — मकवानपुरको बकैया गाउँपालिका–५, झाँक्रीडाँडामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
शुक्रबार बिहान निर्माणाधीन काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक सडकखण्ड) मा हात्तिसुँडेबाट फास्ट ट्रयाकको बाटोका लागि ग्राभेल लोड गरेको ना ८ ख २४३० नम्बरको टिपर अनियन्त्रित भई सडकबाट ३० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
दुर्घटनामा परेर टिपर चालक चितवनका ४२ वर्षीय सानु लो तामाङको मृत्यु भएको छ । टिपरमा च्यापिएर घटनास्थलमै तामाङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
