भरूवा बन्दुकसहित एक जना पक्राउ

मंसिर २१, २०८१

कान्तिपुर संवाददाता

One person was arrested with a gun

काठमाडौँ — खाँडादेवी गाउँपालिका-१ कुलोडाँडा बस्ने ५४ वर्षीय नन्दलाल श्रेष्ठलाई एकनाले भरूवा बन्दुक ३ थान र करिब २ सय ग्राम बारूद जस्तो देखिने पदार्थ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ 

प्रहरी चौकी सित्खा र इलाका प्रहरी कार्यालय चोप्राङबाट खटिएको प्रहरीले उनको घर र गोठबाट उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

कान्तिपुर

Link copied successfully